Skip to content

Welcome to GGCDCC

We will update

2011 April 2
Posted by adhikarinirmal27

Please wait…..

photo’s

2011 April 2
Posted by adhikarinirmal27

काम सम्पनन् नगरी योजना अलपत्र : धनश्याम भण्डारी

2011 April 2
Posted by adhikarinirmal27

दैलेख माघ ४- गमौडीस्थित तल्लो सिस्ने खानेपानी योजनाको निर्माण कार्य सम्पन्न नहुदै अलपत्र परेको छ । आयोजनामा २१ कामदारले ज्याला पाएका छैन्नधारामा पानी साचालन भएको छैन र सामागि्र खरिदमा उपभोक्ता समिति र साझेदार सस्था एभरेष्ट क्लबले अनियमितता गरेको स्थानीयवासीले गुनासो गरेका छन् । गमौडी ८ का तेज बहादुर थापा भन्छन् धारा ईन्टेक च्याम्बर र डि।पि।डी। लगायतका खानेपानीका संरचनाहरु लथािलंग अवस्थामा छन् । पाइपलाईन नखनेका कारण धारामा पानी साचालन भएको छैन् । क्लबले आयोजनाबाट लाभान्वित महिलाहरुका लागि अनौपचारिक शिक्षा र आयआर्जन कार्यक्रम साचालन नगरि रकम दुरुपयोग गरेको समितका उपाध्यक्ष खड्क बहादुर थापाले बताए । उनले थपे साक्षरता कक्षा एकदिन पनि साचालन भएन यहाका जनताले पानी र ज्याला दुवै अहिलेसम्म पाएका छैनन् ।

आफै शौचालय निर्माण गर्न नसक्नेलाई सरसफाई चक्र कोषबापत प्रति परिवार ३ हजार ऋण उपलब्ध गराएको संस्थाको कार्य सम्पन्न उल्लेखित प्रतिवेदनप्रति स्थानीयवासीले आक्रोश पोखे । गलत प्रतिवेदन पेश गरी जनताको रकममा कसैले रजाइ गर्न नपाउने स्थानीयवासी गोकर्णनाथ योगीको भनाई छ । उनले थपे गरिब उपभोक्तालाई २० प्रतिशतसम्म श्रम गर्न लगाउने र कामदारलाई ज्याला नदिनुले लाखौं रुपैया मिलेमतोमा सकिएछ । आफु योजनाको कोषाध्यक्ष भए पनि न मेरो नाममा खाता खोलियो न काम को जिम्मेवारी । नाम उपभोक्ता समितिको देखाएर सबै काम आफै गर्ने संस्था यो नै देखे कोषाध्यक्ष गोपाल योगीले बताए । समितिका सचिव उपेन्द्र शाही र संस्थाका कर्ण भण्डारीले आफुलाई कुनै जानकारी नदिई सामान खरिद गरेको र कृते बिल पेश गरेको योजनाका अध्यक्ष गणेश बहादुर शाहीले आरोप लगाएका छन् । ४९ लाख ५हजार ७ सय ३३ रुपैया लागतमा २०६५ बैशाखदेखि यस आयोजनाको निर्माण कार्य सुरु भएको जिल्ला खानेपानी कार्यालयका शिवहरी अधिकारीले बताए ।

पिछडीएका वर्ग र जनजातीमा खानेपानी तथा सरसफाईको सुबिधा उपलब्ध गराउने जिल्ला विकास समितिएभरेष्ट क्लव दैलेख तथा आयोजना व्यवस्थापन इकाई कार्यालय बीच भएको सम्झौता अनुसार एसियाली विकास बैंकको सहयोगमा संचालित तल्लो सिस्ने खानेपानी आयोजना गमौडीमा अनियमितता भएको उपभोक्ताहरुको गुनासो आएपछि प्रो पब्लिक असल शासन कार्यक्रमले गमौडी गाविस भवनमा सार्वजनिक लेखापरिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उपभोक्ता समितिका अध्यक्ष गणेशबहादुर शाही एभरेष्ट क्लबका कार्यक्रम संयोजक कर्ण भण्डारी खानेपानी तथा सरसफाई कार्यालयका सब ईन्जिनीयर शिवहरि अधिकारीले उपभोक्तामाझ तत्काल कामदारलाई ज्याला दिने र खानेपानी धारामा पानी सुचारु गराउने प्रतिवद्धता जनाएका थिए ।

अझै बाडिएन छात्रवृत्ति : गाविसमा २ महिना देखि लगाइएको ताला खुल्यो

2011 April 2
Posted by adhikarinirmal27

गाऊ परिषदले विपन्न वर्गका लागि बजेट नछुट्याएको भन्दै २ महिना देखि गाविस कार्यालय छिउडीपुसाकोटमा लगाएको ताला खुलेको छ । असल शासन परियोजना प्रो पब्लिकले आयोजना गरेको विपन्न वर्गका लागि अभिमुखिकरण तथा प्रस्तावना लेखन तालिममा उपस्थित सर्वदलिय संयन्त्र र गाविस सचिवको रोहवरमा विपन्न वर्गका लागि निर्देशिका बमोजिमको रकम विनियोजन गर्न लगाई ताला खोलिएको हो ।

अनुदान बाहेकको कुल पूजीगत बजेट मध्ये लैङ्गिक सशक्तीकरण तथा सामाजिक समावेशीकरणलाई बढावा दिन विपन्न वर्गका लागि अधिक्तम २५ प्रतिशत सम्म रकम विनियोजन गर्न सकिने निर्देशिकामा उल्लेख गरिएको छ । तर निर्देशिकाको कार्यान्वयन नभएको भन्दै आफ्नो अधिकारको लागि ताला लगाइएको दलित सेवा संघ छिउडीपुसाकोटका तक्मान बि।s।ले बताए । उनले थपेराज्यले विपन्न वर्गका लागि दिएको सेवा सुविधामा टाठाबाठाहरुकै हालीमुहाली हुने हो भने अब स्विकार गर्न सकिदैन् । गाविसमा लगाइएको तालाबन्दिका लागि स्थानीय सर्वदलिय संयन्त्र र गाविस सचिवले कुनै वास्ता नगरेको बि। क। को भनाइ छ । गाविसको थप अनुदानले महिला तथा दलितहरु प्रत्यक्ष लाभान्वित हुने पूर्वाधारजन्य योजनाको लागि १५ प्रतिशत रकम विनियोजन गर्नु पर्ने प्राब्धान उल्लेख गरेको छ । उक्त १५ प्रतिशत पनि लक्षित समूहले पाएका थिएन्न । आमा समूहकी धर्मी खत्री भन्छिन् विपन्न वर्गकालागि रकम विनियोजन गर्ने निर्देशिकामा उल्लेख गरेपनि कार्यान्वयन नहुनु कस्तो बिडम्बना । उपेक्षाको शिकार बन्दै आएका महिला दिदीवहिनीहरुको लागि असल शासन परियोजनाले सहयोग गरेको उनको भनाइ छ । यदि आउदो परिषदमा पनि यस्तै प्रकारले महिलाहरुलाई उपेक्षा गरियो भने दुइ महिना होइन १ वर्ष पनि तालाबन्दि गर्न तयार भएको खत्रीले बताइन ।

दलित वकालतका लागि भवन निमार्ण गर्न ५९ हजार ८ सय र महिलाहरुको लागि स्वास्थ्य चौकीमा शौचालय तथा खानेपानी निर्माण गर्न ५९ हजार ८ सय रकम विनियोजन गर्न सर्वदलिय संयन्त्र र गाविस सचिव सहमत भएका छन् । त्यसै गरी उनीहरुको क्षमता अभिबृद्धिका लागि प्रति समूह ७ हजार ५ सय रकम असल शासनका प्रतिनिधिको रोहबरमा छुट्याइएको छ । निर्देशिकामा तोकिए बमोजिम रकम विनियोजन हुननसक्नुमा गाविस सचिवको कमजोरी भएको एकिकृत नेकपा माओवादीका स्थानीय कार्यकर्ता टेक बहादुर खड्काले बताए । उनले थपेकुन कुन शिर्षकमा रकम विनियोजन गर्ने हो र कुन क्षेत्रलाई प्राथमिकता दिइएको छ सर्वदलिय संयन्त्रलाई के थाहा अनुदान साचालन निर्देशिका गाविस सचिवलाई मात्र नभएर सर्वदलिय संयन्त्रलाई पनि उपलब्ध हुनुपर्ने उनको माग थियो । महिलादलितले गाविसमा तालाबन्दि गरी आफ्ना अधिकारको खोजी गर्नु सकारात्मक पक्ष भएको नेपाली कांग्रेशका सर्वदलिय संयन्त्र सदस्य पे्रम बहादुर थापाको भनाई छ । हरेक नागरिक यसरी सचेत भई विकासमा सहभागी भए मात्र राज्यको सम्पत्ति दुरुपयोग नहुने थापाले बताए । जनताका लागि काम गर्छौ भनी गाविसमा छिर्ने जो सुकै संघ÷संस्थाले आफ्नो बजेट र कार्यक्रम सार्वजनिक गर्नुपर्ने स्थानीय सहभागीहरुको भनाई थियो । गाविस सचिव बखत बहादुर खड्का भन्छन् दलितमहिलाअपाङ्गअसक्त र बृद्धहरुलाई उपेक्षा नभई सहयोग गरेको दावी गर्छन । आफु एकलैले मात्र निर्देशिका बमोजमको रकम विनियोजनमा लिएको अडान सफल हुन नसकेपनि असल शासन परियोजनाले सहयोग गरेको छ । छिउडीपुसाकोट गाविसलाई नमुना गाविसको रुपमा स्थापना गर्न आफु लागि परेको खड्काले बताए । आर्थिक वर्षको अन्त्यमा पनि रावतकोट गाविसका युवाहरुलाई गाऊ परिषदले युवाको लागि विनियोजन गरेको बजेटको बारेमा थाहा रहेनछ । पाचदेवल उमाविमा असल शासन परियोजनाले असार १८ र १९ गते साचालन गरेको विपन्न वर्गका लागि अभिमुखिकरण तथा प्रस्तावना लेखन तालिममा गाविस सचिवले बजेट सार्वजनिक गरेपछि युवाहरुले आफुलाई जानकारी नगराएको भनी आक्रोस व्यक्त गरेका थिए । उक्त तालिममा महिला र दलितहरुले ७७ हजार ५ सय प्रति समूह बाट परियोजना प्रस्ताव तयार पारि गाविस सचिव र सर्वदलिय संयन्त्रलाई पेश गरेका छन् । आमा समूहकी अध्यक्ष सिता रिजाल भन्छिन् केही समय विपन्नका लागि बजेट छुट्याउनु पर् यो भनेर लडियोबजेट छुट्याए अब के गर्ने भन्ने हामीलाई चिन्ता थियो । योजना छनौट र बजेट कार्यान्वयनका लागि असल शासनले क्षमता बढाएको उनको ठहर छ । उनले थपिनमहिलाहरुको आर्थिकस्तर सुधारका लागि आयआर्जनमूलक कार्यक्रमको छनौट गरेका हौ । रावतकोट गाविसको पाचदेवल उच्च माविमा आर्थिक वर्षको अन्तिममा पनि दलित तथा महिला छात्रवृत्रि बाडिएको छैन ।

विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको बैठक बस्न नसक्नु र विद्यार्थी संख्याको आधारमा जिल्ला शिक्षा कार्यालयले पर्याप्त छात्रवृत्ति कोटा उपलब्ध नगराउनुले छात्रवृत्ति वितरणमा ढिलाई भएको विद्यालयका प्राचार्य मणिराम न्यौपानेले बताए । रकम निकासा भएको झन्डै ८ महिना सम्म छात्रवृत्ति वितरण नहुदाँ अभिभावकहरुमा शंका उब्जिएको छ । त्यसतै छिउडीपुसाकोट गाविसको महेन्द्रजयदेवी मावि को छात्रवृत्ति निकासा भएको झन्डै ८ महिना पछि असार १६ गते वितरण गरिएको थियो । टेलिफोन सम्पर्क गर्दा जिल्ला शिक्षा अधिकारी नन्दलाल पौड्याल छात्रवृत्ति समयमै बाडिएको जानकारी शिक्षकहरुबाट पाएको दावी गर्छन । राज्यले दिएको सेवा सुविधा लक्षित वर्गसम्म पुगेको छ वा छैन् त्यसको भरपर्दाे अनुगमन जिल्ला शिक्षा कार्यालयले गरेको देखिदैन । छात्रवृत्ति लगाएतका सुविधा लक्षित वर्गसम्म पुगेको आधाकारिक कागजात कार्यालयले हेर्दैन । मौखिक रुपमा दिएको जानकारीलाई आधिकारीक मानी विपन्नको नाममा गएको बजेटको अनुगमन तथा मूल्यांकन नगर्ने हो भने प्रभावकारी रुपमा योजना सम्पन्न नभएको शंका गर्ने ठाऊ प्रसस्त देखिन्छन् । स्थानीयस्तरमा गएको बजेटछात्रवृत्ति लगाएतका सेवा सुविधा र विद्यालयको व्यवस्थापनको मूल्यांकनका लागि प्रत्येक श्रोत केन्द्रमा श्रोतव्यक्तिको व्यवस्था गरेको छ । तर अभिभावक भने श्रोत व्यक्ति कहिल्यै विद्यालयमा नपुगेको गुनासो व्यक्त गर्छन् । श्रोतव्यक्तिहरु कार्यक्षेत्रमा नगएकोमूल्यांकनमा लापरवाही भएको र गलत विवरण जिशिकामा पेश गरेका उदाहरण प्रयाप्त भएको जिल्ला शिक्षा अधिकारी नन्दलाल पौड्यालको भनाइ छ । जिल्लाका २ दर्जन भन्दा बढी विद्यालयमा जिल्ला शिक्षा कार्यालयको २ कोठे ब्लक कार्यक्रम छ । उक्त कार्यक्रमको जिल्लामै बसी बनाइएको इस्टिमेट बाहेक प्राविधिक गाउमा कहिल्यै गएन्न । जिल्ला शिक्षा कार्यालय र विद्यालयबीच भएको भवन निर्माणको सम्झौतामा नत लागत रकम नत कन्टेन्जेसी बापत कट्टा गरीने प्रतिशत नै उल्लेख गरिएको छ । प्राबिधिक गाउमा नगए पनि प्रति योजना ५० हजार सम्म रकम प्राबिधिकले मागने गरेको आफनो नाम नबताउने शर्तमा एक जना शिक्षकले बताए । कन्टेन्जेन्सी वापतको रकम सम्झौतापत्रमा उल्लेख नगरे पनि ५ प्रतिशत सम्म कट्टा गरिने गरिएको छ । तर त्यो भन्दा बढि रकम प्राविधिकले मागेको भन्ने सुन्न आए पनि वास्तविक नभएको जिल्ला शिक्षा अधिकारी पौड्यालको भनाइछ ।

प्रभावकारी बन्दैछ लघुउद्यम विकास कार्यक्रम

2011 April 2
Posted by adhikarinirmal27

UNDP आर्थिक तथा प्राविधिक सहयोगमा साचालित लघु उद्युम विकास कार्यक्रम दैलेखले गरिबीको चपेटामा परेका दलितमहिलाविपन्न र न्युन आर्थिक श्रोत भएका स्थानीय नागरिकहरुलाई साझा सुविधा केन्द्र स्थापना गरी उनीहरुको जीवनस्तरमा सुधार ल्याउन सहयोग गरेको छ । जिल्लामा साझा सुविधा केन्द्र ३ र लघुउद्यमीहरुको उत्पादीत वस्तुहरुको संकलन केन्द्र २ वटा स्थापना भएका छन् । समूहमा ७ सय २४ जना लघुउद्यमी आवद्ध भएका छन् भने उद्यमशिलता विकास तालिम ६ सय ८२ जनाले लिएको लघुउद्योम विकास अधिकृत राजकुमार राईले बताउनु भयो ।

अल्लो लगाएत स्थानीय जडीबुटीको अत्यधिक संभावना भएको दैलेख जिल्लामा गरिबी निवारण गर्न तथा ग्रामिण जनताको आर्थिक विकासमा भएका राम्रा प्रयोगलाई व्यापक अनुकरण गर्न लघुउद्योम विकास कार्यक्रमले जोड दिएको छ । लघुउद्योम विकास कार्यक्रमले दिएको प्राविधिक सीप तालिम लिएका मध्ये ४ सय १२ जना प्रत्यक्ष रोजगारीको अवसरमा सहभागी भएका छन् । पहिला सामान्य घरधन्दा चलाउन पनि भारत जानुपथ्र्याे अहिले गाउमै हिमालय सिमेन्ट टायल उद्योग स्थापना गरेपछि सामान्य कमाईको लागि विदेशिनेको संख्यामा कमी आएको लघु उद्यमी समूहका मोहन खड्काले बताउनुभयो । स्थानीय कच्चा पदार्थको सदुपयोग गरी आफ्नै गाउँमा स्थापना भएको टायल उद्योगले हावा हुरी र बतासले घरको छाना उडाउछकी भन्ने डर बाट मुक्त भएका छौ खड्काको भनाई छ ।

लघु उद्यमीहरुले बेलको जुसदालमोठ भुजियामैनवत्तिअल्लोको धागो सिमेन्ट टायलसिस्नो मसला जन्य वस्तुहरु उत्पादन तथा विकि्र वितरण गर्दै आएका छन् । नयाँ नयाँ प्रवृधिलघुकर्जाको समस्या सानो बजार र कच्चा वस्तुको आपूर्तिमा अभावकारण चाहे जत्ति काम गर्न नसकेको गुनासो लघु उद्यमीको रहेको छ । स्थानीय उत्पादन जन्य वस्तुको सम्भावना हुदा हुदै बजारीकरण र कच्चा पदार्थको आपूर्तीमा सहज लघु कर्जामा सरकारी उपेक्षाले गर्दा उद्यमीहरु फस्टाउन नसकेको सदरमुकामस्थित सौगात गृह साचालन गर्दै आएका कविराज खत्री बताउनुहुन्छ ।

We will update

2011 April 2
Posted by adhikarinirmal27

Please wait…..

We will update

2011 April 2
Posted by adhikarinirmal27

Please wait…..

We will update

2011 April 2
Posted by adhikarinirmal27

Please wait….

We will update

2011 April 2
Posted by adhikarinirmal27

Please wait………

Board Members and Staff

2011 April 2
Posted by adhikarinirmal27

अध्यक्ष निर्मल अधिकारी

उपाध्यक्ष दिपक आचार्य

सचिव घनश्याम भण्डारी

कोषाध्यक्ष सरीता थापा मगर

सदस्य कृष्ण परियार

सदस्य मजु नेपाली

सदस्य डिल बहादुर नेपाली

Staff

Nawaraj  B.c.                                  Team leader

Sarita Thapa                                  PH/PA Facilitator

Krishna Kumari  Thap          PH/PA Facilitator

Mohan B.k.                                    PH/PA Facilitator